रानिबन बचत तथा ऋण सहकारी संस्था लि काे ५ अाैँ बार्षिकाेत्सव समपन्न।

रानिबन बचत तथा ऋण सहकारी संस्था लि ले अाफ्नाे स्थापनकाे ५ अाैँ बार्षिकाेत्सव मनाएकाे छ ।
बार्षिकाेत्सवकाे अवसरमा पाेखरा १७ राष्ट्रबैंकचाेक कार्यालय परिसरमा सरसफाइ कार्यक्रम अायाेजना गरेकाे थियाे ।सहकारीले अाफ्नाे ५ अाैँ बार्षिकाेत्सवकाे अवसरमा संस्थाका सञ्चालक समिती,लेखा समिती एवं संस्थाका कर्मचारीहरूकाे उपस्थिती रहेकाे थियाे ।कार्यक्रममा संस्थाका अध्यक्ष श्री प्रेम प्रसाद सुबेदी ज्युले सरसफाइ कार्यक्रम बाताबरण मात्र सरसफाइ राख्नु मात्र नभइ मानविय जिवन स्वस्थ्य रहनु हाे भन्ने धारणा राख्नु भएकाे थियाे ।साथै भावि दिनहरूमा सामाजिक कार्य धेरै नै गर्ने याेजनाहरू रहेकाे र उक्त याेजनाहरू क्रमबद रूपमा काम गरी उल्लेखनिय रूपमा रानिबन बचत तथा ऋण सहकारी संस्था लि लार्इ पाेखरा भित्रकाे सामाजिक कार्य गर्ने नमुना सहकारीकाे रूपमा चिनाउने दाबि गर्नु भयाे । साथै संस्थाका सल्लाहकार श्री किसान सुनार ज्युले सहकारी भनेकाे सामाजिक कार्यहरूमा सहकार्यकाे लागी तत्पर रहनु पनि हाे जसले गर्दा अागामी दिनहरूमा यस्तै यस्तै कार्यक्रमहरू गर्नकाे लागी जाेड दिनु पर्ने बताउनु भयाे ।भने कार्यक्रम काे सचांलन संस्थाका प्रबन्धक सुबास अधिकारी ले गर्नु भएकाे थियाे ।